
काठमाडौं । नेपालमा ३७४९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३७४९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७४५ रहेको छ । संक्रमित मध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोनामुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ६९४ सय पुगेको छ ।
मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहनुभएको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहेका छन् । कोरोना सङ्क्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस