
काठमाडौं । काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १६९२ जना, ललितपुरका १०८ जना र भक्तपुरका १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७४५ रहेको छ । संक्रमित मध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोनामुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या ६९४ सय पुगेको छ ।
प्रतिक्रिया दिनुहोस