
एजेन्सी । कोरोना भाइरस खोपको बारेमा धेरै अनुमान आइरहेका छन । धेरैले यो आशा थियो कि यस वर्षको अन्तसम्म कोरोना खोप बजारमा आउने छ । तर, एक अमेरिकी महामारी रोग विशेषज्ञका अनुसार यो वर्षको अन्त्यसम्ममा खोप नआउने बताएका छन् । अमेरिकी डा. एन्थोनी काउचीका अनुसार सम्पूर्ण विश्वले २०२१ को अप्रिलमा सुरक्षित र प्रभावकारी कोभिड १९को खोप प्राप्त गर्न सक्ने अनुमान गरेका छन् ।
एउटा न्युज च्यानललाई दिएको अन्तर्वार्तामा काउचीले भने, “नोभेम्बर वा डिसेम्बरसम्म अन्वेषकहरूले कुन खोप उम्मेदवार सुरक्षित छ भनेर पत्ता लगाउन सक्षम हुनेछन्। “यो थाहा पाएपछि पनि केहि लाख डोज शुरुमा तयार गर्न सकिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको जस्तो यस वर्षको अन्तमा अमेरिकामा १० करोड डोज तयार हुनेमा शंका छ ।’
अहिले उत्पान र परिक्षणको चरण्मा रहेका परीक्षणमा सुरक्षित र प्रभावकारी भए नभएको प्रमाणित हुन नै अझै समय लाग्ने उनले बताए । यदि यी खोपहरू सुरक्षित साबित भए पनि ती २०२१ को पहिलो क्वाटरको अन्तसम्म धेरै मात्रामा रूपमा उपलब्ध गराउने अबीस्थामा हुनेछन ।
काउचीका अनुसार जोनसन एण्ड र जोनसोन भ्याक्सिन परीक्षण प्रतिबन्धलाई राम्रो संकेत मान्नु पर्दछ । यसले यो खोप परीक्षण सही दिशामा गइरहेको छ र जनतालाई सुरक्षा प्रदान गर्न प्रतिवद्ध छ भनेर देखाउँदछ ।
एक स्वयम्सेवकको साइड इफेक्टहरू देखेपछि जोनसन एण्ड जोनसनले उक्त भ्याक्सिनको परीक्षण रोक्यो । पहिले अक्सफोर्डको खोपले पनि साइड इफेक्टहरू देखाउँदै परीक्षण रोक्यो । जब खोपको परीक्षण रोकिन्छ, हामी यसलाई सोधपुछ गर्न थाल्छौं र अझ थप परिमार्जन र गुणस्तरितामा उनीहरुले ध्यान दिन्छन् उनले भने ।
प्रतिक्रिया दिनुहोस