aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

२० जनाद्धारा प्लाज्मा दान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
२० जनाद्धारा प्लाज्मा दान

काठमाडौं । कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा  २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउनका लागि प्लाज्मा दान गरेका हुन् । कोरोनामुक्त  प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन् । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।
 
कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त  व्यक्तिबाट शरीरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताउनुभयो । उहाँका अनुसार अब दशैँपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना  छ ।

प्रतिक्रिया दिनुहोस