
नेपालमा ४३९२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४३९२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ३७ हजार ३८२ रहेको छ । पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोनामुक्त भएका छन् ।
२४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएर घर फर्किएका छन भने हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छन । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।
यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७१५ पुगे छ ।
प्रतिक्रिया दिनुहोस