
काठमाडौं । गत २४ घण्टामा देशभर ३१६७ जना कोरोना संक्रमित थपिएका छन। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।
आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेको उनले बताए । यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । आजको मृत्युका संख्या सँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।
त्यस्तै, १ हजार ७४६ जना काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिएका छन् । काठमाडौंका १४५१ जना, भक्तपुरका १४३ र ललितपुरका १५२ थप नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार २५ हजार ३४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २९९ सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७३७ पुगेको छ । सङ्क्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८४० पुगेको छ । जुन कूल सङ्क्रमितको ६९.४ प्रतिशत हो ।
मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७२७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस