
एजेन्सी । ‘फ्रोजन प्याकेजिङ फूड’ तपाईं कतिको खानुहुन्छ ? चीनमा यही फ्रोजन फूडका कारण कोरोना भाइरस फैलिएको तथ्या बाहिर आएको छ । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शनिबार यस सम्बन्धमा चेतावनी जारी गर्दै सूचना प्रकाशित गरेको छ ।
यस वर्षको सेप्टेम्बरमा, चीनले १९ देशका ५६ वटा कम्पनीहरूको फ्रिज फूड प्याकेजिङलाई चीनमा प्रवेशमा रोक लगाएको छ । केही कर्मचारी सदस्यहरू कोविड १९ संक्रमित पाएपछि चीनले उक्त फूडको आयातमा प्रतिबन्ध लगाएको हो ।
सीडीसीका अनुसार फूड प्याकेजि (रेफ्रिजरेटेड फूड प्याकेज्ड) मा सक्रिय कोरोना भाइरस भेटियो । गत हप्ता चीनको क्विंगदाओमा कोविड १९ को प्रकोपको कारणको छानबिन गर्दा सीडीसीले घटनाको खुलासा गरेको छ ।
एक रोयटर्सको रिपोर्टका अनुसार यो पहिलो घटना हो जहाँ सार्वजनिक प्राधिकरणले स्वीकार गरेको छ । उक्त पूmडमा जीवित कोरोना भाइरस संक्रमित खाद्यान्न प्याकेजिङको माध्यमबाट टाढा–टाढासम्म फैलिन सक्ने बताएको छ ।
फ्रोजन फूड प्याकेजिङमा फेला पारिएको नमूनाहरूमा भाइरस एकदम थोरै मात्रामा फेला परेको थियो । जीवित भाइरस यसमा नै भेटिएको बताइएको छ । चीनबाट फैलिएको यो रोग धेरै देशहरूको तुलनामा अझै नियन्त्रणमा छ ।
प्रतिक्रिया दिनुहोस