aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

२९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६९८ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ कार्तिक २०७७
२९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६९८ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमितको संक्रमण पुष्टि भएको छ । सोमध्ये काठमाडौं उपत्यकामा १६९८ जना थपिएका हुन् ।  देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो तथ्यांक सहित अब संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस