aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालबाट चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसाले कुरा गर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
नेपालबाट चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसाले कुरा गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले ल्याएको चाइना कल अफर लोकप्रिय बन्दै गएको छ । केही महिना अघिसम्म पनि चीनमा फोन गर्दा महशुलको कारणले धित् मरुञ्जेल कुराकानी गर्न अलि असहज हुन्थ्यो । तर, पछिल्लो समयमा नेपाल टेलिकमले चीनकै लागि भनेर चाइना कल अफर उपलब्ध गराएपछि यो लोकप्रिय भएको हो । 
यो छुट योजनापछि चीनमा कुरा गर्दा न्यूनतम प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा शुल्क लाग्छ ।नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराइरहेको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ । यो अफर एक दिनमै प्रयोगमा ल्याइसक्नु पर्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ । 

यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसामा कुराकानी गर्न पाइन्छ ।  यो अफर सबै अन्तर्राष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध छ । प्याक अफरमा सहभागी नभई फोन गर्दा सामान्य अवस्थाको महशुल दर लागु हुन्छ ।  

पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्ध भन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुन्छ । 

  
 

प्रतिक्रिया दिनुहोस