aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भरतपुर अस्पतालले भन्यो- कन्ट्रयाक ट्रेसिङमा परेका, लक्षण नभएका र होम आइसोलेसनमा बसेकाको कोरोना परीक्षण गर्दैनौँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
भरतपुर अस्पतालले भन्यो- कन्ट्रयाक ट्रेसिङमा परेका, लक्षण नभएका र होम आइसोलेसनमा बसेकाको कोरोना परीक्षण गर्दैनौँ

काठमाडौं । भरतपुर अस्पतालले कन्टयाक ट्रेसिङमा परेका, लक्षण नभएका र होम आइसोलेसनमा रहेकाहरुको स्वाब संकलन नगर्ने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । 

सामान्य शरीर दुख्ने, जिरिङ्ग हुने, सामान्य रुघाखोकी बिरामीहरुको पिसिआर परीक्षण गर्न आवश्यक  नभएको अस्पतालले जनाएको छ। 

अस्पताललका डा. राजन पाण्डेले भने, ‘अस्पतालमा लक्षण भएका बिरामीहरुको मात्र परीक्षण गरिन्छ, स्थानीय निकायका कन्टयाक ट्रेसिङमा परेका व्यक्तिहरु आएर भिडभाड बढेकाले अस्पतालको क्लिनिकमा लक्षण भएमा मात्र परीक्षण गराउन पाइन्छ।‘ 

९९ डिग्री भन्दा बढी ज्वरो आएमा,  अक्सिजनको कमी भएमा र श्वासप्रश्वासमा समस्या भएमा मात्र परीक्षण गराउन उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस