
काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३८८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका २ हजार ८ जना, ललितपुरका २८१ जना र भक्तपुरका ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ रहेको छ । संक्रमित मध्ये ९४ हजार ५०१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २३३५ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ७५७ सय पुगेको छ ।
प्रतिक्रिया दिनुहोस