aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ एक हजारदेखि टिभीएससम्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ एक हजारदेखि टिभीएससम्स

काठमाडौं ।  भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्बजनिक गरेको छ । यस उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढिले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्ने सकिने कम्पनीले जनाएको छ ।

यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने बनाइएको छ  । यो अवधिमा इसेवा मार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि बिजेता घोषणा गरिने कम्पनीले बताएको छ । विजेताहरू हरेक हप्ता सार्बजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिनेछ । 

यस उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस