
रुपन्देही । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–११ की ४४ वर्षीया महिला रहेकी छिन् ।
उनलाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस