aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कटारी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण, नगरपालिकाको कार्यालय बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
कटारी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण, नगरपालिकाको कार्यालय बन्द

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित ४ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो ।  

नगर उपप्रमुख भीम कुमारी राउतका अनुसार मेयर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल, ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत ब्यक्ति सहित ४ जनाको कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

साथै, आजदेखि कात्तिक १५ गतेसम्म नगरपालिकाको कार्यालय बन्द हुने पनि जनाइएको छ । अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, स्वास्थ्य सेवा र नगर प्रहरी) बाहेक दैनिक सञ्चालन हुने सेवाहरु बन्द हुने नगरपालिकाले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस