aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

साइबर एलायन्स फर म्यूचल प्रोग्रेसमा नेपाल पनि निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
साइबर एलायन्स फर म्यूचल प्रोग्रेसमा नेपाल पनि निर्वाचित

  काठमाडौं । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट नेपालको प्रतिनिधित्व गर्दै सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन सदस्यमा निर्वाचित भएको छ । 

क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४देखि २० मा आयोजना भएको साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सिएसराआई सदस्यमा निर्वाचित भएको हो। 

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प)ले अक्टोबर, २०२० को आफ्नो आधिकारिक क्याम्प न्यूजलेटर नं। १९ सार्वजनिक गर्दै सिएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो । 

सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ । यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए । 

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९क्याम्प०को सदस्यमा हाल ४६ वटा देशहरुको ६० वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।

उक्त पाँचौँ वार्षिक बैठकमा सिएसराआईका उपाध्यक्ष मिलन राज नेपाली अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सिएसराआईको तर्फबाट नेतृत्व गरेका थिए । साथै, उक्त कार्यका लागि सिएसराआईका अध्यक्ष प्रा.डा सुवर्ण शाक्य निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारी र महासचिव ई. शालीग्राम पराजुलीको समेत विशेष प्रतिनिधित्व रहेको थियो । 

प्रतिक्रिया दिनुहोस