aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

इटालीमा अचम्मको घटना, दुई जनामात्रै बस्ने गाउँमा कसरी आयो कोरोना ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
इटालीमा अचम्मको घटना, दुई जनामात्रै बस्ने गाउँमा कसरी आयो कोरोना ?

एजेन्सी । कोरोनाबाट बच्ने उपायमा सबैभन्दा महत्वपूर्ण मानिन्छ,  सामाजिक दूरी । तर, त्यसलाई इटालीमा भएको एउटा घटनाले असत्य झै सावित गरिदिएको छ । हुन पनि मानिसहरु भिडभाडमा गए कोरोना सर्छ भन्ने विश्वास गर्छन । सायद बढ्दो संक्रमणले त्यो मान्यता स्थापित गरेको हो । 

तर, यदि कुनै सुनसान शहरमा बसोबास गर्ने सिमित मान्छे सबैलाई कोरोना लाग्यो भने त्यसलाई के भन्ने ? इटालीको एउटा सानो गाउँले यो प्रश्नलाई पेचिलो बनाएको छ । इटालीको सानो ठाउँ हेमलेटमा एउटा ज्यादै चाखलाग्दो कुरा देखियो । जियोभन्नी क्यारीली र जिआम पियरो नोबिलि नोर्टोस्के नामको एकान्त शहरमा बस्छन्। त्यो शहरमा बस्ने उनीहरु दुई जना बाहेक अरु कोहि पनि छैनन् । 

क्यारिली र नोविलीले कोरोनाबाट बच्ने सबै उपायहरु अपनाएका छन् ।  उनीहरु कोविड १९ का सबै नियमहरूलाई कडाईका साथ पालन गर्छन् । तर, विडम्बना दुबै जना कोरोनाबाट संक्रमित भएका छन् । 

सीएनएनको रिपोर्ट अनुसार उनीहरूको सहरमा कुनै छिमेकी छैन । यी अवकाश प्राप्त वृद्धहरू कुनै किसिमको जोखिम लिन चाहँदैनन् । यही कारण दुवैले संक्रमण फैलिदै गएपछि यो शहर कहिले पनि छोडे छैनन । शहर इटालीको पेरुजा प्रान्तको उम्ब्रीया रहेको छ ।  
 
दुई व्यक्तिको जनसंख्या भएको इटालीको यो शहर पर्यटकहरूको बीचमा धेरै लोकप्रिय छ । शहर लगभग ९०० मिटर उचाईमा अवस्थित छ र त्यहाँ पुग्न र त्यहाँबाट फर्कन मानिसहरूलाई धेरै गाह्रो हुन्छ । क्यारोली र नोबिलीले आफूलाई सुरक्षित राख्न सधै मास्क पनि लगाउँछन् ।

क्यारिलीले सीएनएनलाई भने, ‘भाइरसबाट मृत्यु हुने डर छ । यदि म बिरामी परें भने, कसले मेरो हेरचाह गर्ने छैन । म बुढो भएँ, तर म यहाँ मेरो भेडाहरू,  मौरी र बगैचा हेरचाह गर्ने कोहि छैनन । म मेरो जीवन राम्ररी बाँच्न चाहान्छु । 

नोबेलिले दुबैको  सुरक्षा उपायहरुमा बेवास्ता गर्न र आफ्नो जीवन जोखिममा पार्न चाहदिनन् । उनले सीएनएनलाई भने, ‘मास्क र सामाजिक दूरी नियमहरू पालना गर्नु मात्र रोगबाट बच्नु होइन स्वास्थ्यको कारण यसमा राम्रो वा नराम्रो केही छैन । यदि यो नियम हो भने यसको पालना गराउनका लागि अरुलाइै सहयोग गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस