aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा आज पनि १७०२ जना थपिए संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
उपत्यकामा आज पनि १७०२ जना थपिए संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२  जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १४३१ जना, ललितपुरका १२३ जना र भक्तपुरका १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १२९ रहेको छ । संक्रमित मध्ये ९६ हजार ६०९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१०८ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस