aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

धुलिखेल अस्पतालले सार्वजनिक गर्यो संक्रमितको उपचारमा लाग्ने शुल्क, यस्तो छ शुल्क विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
धुलिखेल अस्पतालले सार्वजनिक गर्यो संक्रमितको उपचारमा लाग्ने शुल्क, यस्तो छ शुल्क विवरण

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै कोरोना संक्रमितका उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको हो । 

कोरोना संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि ५० हजार देखि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचनामा भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न आग्रह गरिएको छ । 

अस्पतालले सामान्य लक्षण भएकासँग ५० हजार, मध्य जटिल बिरामीसँग १ लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रुपैयाँ धरौटी माग गरेको हो । त्यसमा औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको थप रकम लाग्ने पनि खुलाएको छ ।

अस्पतालमा उपचार खर्च भने सामान्य लक्षण भएकालाई दिनमा ३५ सय, मध्य जटिल समस्या भएकालाई ७ हजार ५ सय र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्नेछ । यही रकमले अस्पतालले खाना खुवाउने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस