aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

वाग्मती प्रदेशमा सङ्क्रमितको निः शुल्क उपचार, कुन कुन अस्पतालले फ्रि गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
वाग्मती प्रदेशमा सङ्क्रमितको निः शुल्क उपचार, कुन कुन अस्पतालले फ्रि गरे

काठमाडौं । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि ःशुल्क उपचार भइरहेको  जनाएको हो ।

 प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको  मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।  

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस