aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बसन्त चौधरीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
बसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।

यस्तै उनले आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्। उनी हाल होम आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस