aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा ४ जना संक्रमितको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा ४ जना संक्रमितको मृत्यु

काठमाडौं । बुटवल, तिलोत्तमामा दुई  मृत्यु र गण्डकी प्रदेशमा दुईजना गरि चार जना थप कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार थपिने सङ्क्रमितमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का १५, तनहुँका दुई र गोरखाका एक जना छन् । 

नवलपरासी ९बर्दाघाट सुस्तापूर्व० गैँडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्ष ९आइसीयू०मा र म्याग्दीको धवलागिरिका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

त्यस्तै, रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक  महिला र तिलोत्तमा नगरपालिका वडा नं  २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको छ । 

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएकी उनलार्इ सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा आज बिहान ५.१५ बजे मृत्यु भएको हो । 

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास र  उच्च रक्तचापको समस्या रहेको उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए ।  तिलोत्तमा नगरपालिकाले मंगलबार  नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको  शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस