aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

थप ५७४३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
थप ५७४३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं । नेपालमा ५७४३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५७४३ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ रहेको छ । संक्रमित मध्ये ९९ हजार ६०५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २९९६ जना कोरोनामुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस