aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

उपत्यकामा आज पनि ३१०७ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
उपत्यकामा आज पनि ३१०७ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३१०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१०७  जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ जना र भक्तपुरका १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ रहेको छ । संक्रमित मध्ये ९९ हजार ६०५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २९९६ जना कोरोनामुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस