aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ताप्लेजुङ जान चाहनेहरुका लागि खुशीको खबर, शुरु भयो नेपाल एयरलाइन्सको उडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
ताप्लेजुङ जान चाहनेहरुका लागि खुशीको खबर, शुरु भयो नेपाल एयरलाइन्सको उडान

काठमाडौं । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ ।कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो ।

 नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिनुभयो । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याएको हो । 

काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा  ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि  काठमाडौंका भाडा  ६ हजार ७ सय ४० रुपैया तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस