aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

क्याथी प्यासिफिक एयरलाइन्सद्वारा ८ हजार ५०० रोजगारी कटौती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
क्याथी प्यासिफिक एयरलाइन्सद्वारा ८ हजार ५०० रोजगारी कटौती

हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । 

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये पाँच हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो । कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । एपी

प्रतिक्रिया दिनुहोस