aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ओरियण्टल होटलको साधारण सभा मंसिर ४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
ओरियण्टल होटलको साधारण सभा मंसिर ४ गते

काठमाडौं । ओरियण्टल होटल लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंसिर ४ गते हुने भएको छ । होटलको कम्पनी रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा बोलाईएको हो । सभाका लागि यो वर्ष कुनै पनि लाभांश प्रस्ताव गरिएको छैन ।

सभाले गत आर्थिक वर्ष २९७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

सभा प्रयोजनका लागि होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । हालको परिस्थितिमा शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी भैदिनका लागि होटलले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस