aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

थप ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
थप ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं । नेपालमा ३६३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३६३७ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ४८हजार ५०९ रहेको छ । संक्रमित मध्ये एक लाख २ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस