aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

उपत्यकामा आज पनि १५५२ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
उपत्यकामा आज पनि १५५२ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२  जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १२८३ जना, ललितपुरका १५७ जना र भक्तपुरका ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ४८हजार ५०९ रहेको छ । संक्रमित मध्ये एक लाख २ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस