
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैँमा अझै कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जनाएका छन् । बिहीवारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले दशैँमा धेरै मानिसहरु आवत जावत गर्ने हुँदा कोरोना संक्रमण धेरै नै फौलन सक्ने जनाएका हुन् ।
उनले नागरिकको हेलचक्र्याइका कारण कोभिड १९ को संक्रमण बढिरहेको आरोप लगाएका हुन्। उनले सावधानीका उपाय थाहा भएर पनि पालना नभएको दाबी गर्दै भने, ‘नियन्त्रणका लागि सावधानीका उपाए थाहा हुँदाहुँदै हेलचक्र्याइ गरेको अवस्था छ। सावधानीका उपाय नअपनाउँदा दिनप्रतिदिन संक्रमण बढदो छ।’
गौतमले दशैं तिहार जस्ता चाडमा संक्रमण बढनसक्ने र चिसो सुरु हुने भएकाले कोरोना संक्रमण नभएपनि त्यस्तै खालका अरु रोगका लक्षण देखिने सम्भावना बताए।
उनले चिसो मौसम सुरु हुनबेला भएकाले संक्रमितले पनि ख्याल गर्नुपर्ने बताएका छन्। पछिल्लो दिनमा नेपालमा संक्रमण तिब्र गतिमा बढिरहेको छ। मुख्यगरी सहरी क्षेत्रमा संक्रमण बढेको छ भने मृतक संख्या पनि दैनिक बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस