aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप ४४९९ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
थप ४४९९ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा ४४९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४४९९ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार ८ रहेको छ । संक्रमित मध्ये एक लाख ५ हजार ६९१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा २६६८ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८२९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस