aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

मुख्यमन्त्री पौडेल थप उपचारका लागि  काठमाडौँमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
मुख्यमन्त्री पौडेल थप उपचारका लागि  काठमाडौँमा

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री  पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ । 

मधुमेहका बिरामी  मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा  पौडेलको उपचार गरिएको थियो ।  नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंँ लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।  

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक  सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस