aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ कार्तिक २०७७
कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ६, भक्तपुरका ५, चितवनका ३, सुनसरीका २, मोरङ र दाङका १र१ जनाको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् । 

धरान उपमहानगरपालिका– ८ सुनसरीकी ५९ वर्षकी महिला, बेलबारी नगरपालिका–११ मोरङका ४२ वर्षका पुरुष, धरान उपमहानगरपालिका–११ सुनसरीकी ५२ वर्षकी महिला, राप्ती नगरपालिका– ५ चितवनकी ८४ वर्षकी महिला, भरतपुर महानगरपालिका– ७ चितवनका ७० वर्षका पुरुषको मृत्यु भएको हो । 

त्यस्तै, भरतपुर महानगरपालिका– ७ चितवनका ५७ वर्षका पुरुष, भोटेबहाल काठमाडौंका ७८ वर्षका पुरुष, काठमाडौंका ७५ वर्षका पुरुष, वानेश्वर काठमाडौंका ५३ वर्षका पुरुष, काठमाडौंकी ८० वर्षकी महिला, काठमाडौंका ५५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । 

त्यस्तै, काठमाडौंका ४८ वर्षका पुरुष, भक्तपुरका ७१ वर्षका पुरुष,  चाँगुनारायण भक्तपुरका ६२ वर्षका पुरुष, मध्यपुर थिमी नगरपालिका भक्तपुरका ७१ वर्षका पुरुष, भक्तपुरकी ४५ वर्षकी महिला र   गठ्ठाघर भक्तपुरका ७२ वर्षका पुरुषको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस