aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

‘बाँच्छुजस्तो लागेको थिएन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ कार्तिक २०७७
‘बाँच्छुजस्तो लागेको थिएन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ शान्ता चौधरी कोरोना भाइरसबाट मुक्त भएकी छन्। सांसद चौधरीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएकी हुन्।  

शुक्रबार उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लगत्तै सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् । ‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन,’ उनले लेखेकी छन्, ‘…आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ । १९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसक्ने उनले उल्लेख गरेकी छन् ।

यस्तो छ चौधरीले लेखेको स्टाटस

जोगिने कति नै कोसिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो। पूरै १९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियुमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिँदैन। पहिले देखिका गम्भीर रोगहरूका कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। पुराना रोग हुनेहरूलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छुजस्तै लागेको थिएन। 

यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना नेगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ। वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें।  बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो। 

तर म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसूस गर्थें। यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ। पुराना रोग हुनेहरूलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छुजस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना नेगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ।

अझै म डिस्चार्ज भएकी छैन। यसैबीचमा वाफ लिँदा तातो पानीले खुट्टा पोलेर अर्को असह्य पीडा थपिएको छ। त्यसैले कोरोनामुक्त भए पनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ। मैले लाखलाख धन्यवाद दिनुपर्ने पार्टीका श्रध्देय कामरेडहरू हुनुहुन्छ। मेरा समर्थक, शुभचिन्तक र नातागोताहरू हुनुहुन्छ। उहाँहरूलाई अहिले एकमुस्ट धन्यवाद दिन्छु।

वीर अस्पतालका सबै डाक्टरहरू, मेरो सेवामा अहोरात्र खटिने नर्सहरू र समस्त अस्पताल परिवार प्रति म कृतज्ञ छु। उहाँहरूले मृत्युको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो। बेलाबेलामा हौसला दिइरहनुभयो। विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें। उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपूरो होला।

अन्तमा, सबै सबैमा धेरै आभार व्यक्त गर्न चाहन्छु। अस्पतालबाट बिदा हुँदाको दिन फेरि लेखुँला। विजया दशमीको सबैमा शुभकामना दिन चाहन्छु। कसैका परिवार पनि यो समयमा अस्पताल बस्नु नपरोस्। अस्पताल खोज्दै हिँड्न नपरोस्। हामी सबैमा यो कोरोनारूपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस्। धन्यवाद।

प्रतिक्रिया दिनुहोस