aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप २२२५ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ कार्तिक २०७७
थप २२२५ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा २२२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २२२५ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार २३३ रहेको छ । संक्रमित मध्ये एक लाख ८ हजार ३३४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ । 

पछिल्लो २४ घण्टामा २८४६ जना कोरोनामुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस