
काठमाडौं । पछिल्लो २४ घण्टामा २२२५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२२५ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने २८४६ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ८ हजार ३३४ जना पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस