
काठमाडौं । काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ जना महिला तथा ६८१ जना पुरुष गरि १११० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार २३३ रहेको छ । संक्रमित मध्ये एक लाख ८ हजार ३३४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा २८४६ जना कोरोनामुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।
नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस