
ब्रुनई । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनी ३८ वर्षको थिए। सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मेका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन।
सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ । शनिबार साँझसम्म राजकुमार अजिमको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस