aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यती एअरलाइन्सको अफर : एक जोडिलाई काठमाडौं-अवुधावी निःशुल्क टिकट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
यती एअरलाइन्सको  अफर : एक जोडिलाई काठमाडौं-अवुधावी निःशुल्क टिकट

काठमाडौं । निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले नेपालीहरुको महान पर्व बडाददशैंको अवसरमा आफ्ना यात्रुहरुको लागि आकर्षक दशैं अफर ल्याएको छ । योे अफर दशैं अवधिभर लागु हुने कम्पनीले जनाएको छ । 

एअरलाइन्सको सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु मध्येबाट ५ जना भाग्यशाली बिजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको एअरलाइन्सले जनाएको छ । एअरलाइन्सले ल्याएको आकर्षक अफर अन्तर्गत ‘लक्की ड्र’मार्फत् पहिलो हुने बिजेताले एक जोडीका लागी हिमालयन एअरलाइन्सको काठमाडौं—अबुधाबी –काठमाण्डौं को दुईतर्फी फ्रि टिकेट प्राप्त गर्नेछन् । 

त्यस्तै दोस्रो बिजेताले एक जोडीका लागी चितवनको कसरा होटलमा, तेस्रो बिजेता एक जोडीले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चाँथो बिजेता एक जोडीले नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ । त्यस्तै गरी पाँचौ बिजेता एक जनालाई यती एअरलाइन्सको तर्फबाट आकर्षक पुरस्कार प्रदान गर्नेछ ।   

आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एअरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको छ । केही समयअघि आकर्षक आन्तरिक भ्रमण प्याकेज घोषणा गरेको एअरलाइन्सले केहीदिन अघिबाट नवौँ गन्तव्यको रुपमा सिमरा उडान समेत शुरु गरेको छ । 

यात्रुहरुलाई सुरक्षित उडान गराँउदै आकर्षक उपहार प्रदान गर्ने र एअरलाइन्सप्रतिको विश्वास कायम राख्न विभिन्न अफरहरु ल्याएको यती एअरलाईन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
 
उनका अनुसार यती एअरलाइन्सका सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु यो अफरमा सहभागी हुन सक्नुहुनेछ । “हामीले २२ औँ वार्षिकोत्सवमा थप आकर्षक कार्यक्रम ल्याउने घोषणा गरे वमोजिम यो दशैं अफर ल्याएका छौं, हाम्रा यात्रुहरुले उडान सँगै आकर्षक उपहारको पनी मज्जा लिनुहुनेछ,”– प्रवक्ता बर्तौलाले भने । एअरलाइन्सले एटिआर–७२, जेटस्ट्रिम–४१ विमानहरु मार्फत उच्च सर्तकता अपनाएर आफ्ना उडानहरु सञ्चालन गरिरहेको बताएको छ ।

यती एअरलाइन्सले हाल काठमाडौँदेखि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, सिमराका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस