काठमाडौं । नेपालमा २८५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २८५६ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ रहेको छ । संक्रमित मध्ये एक लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३३३६ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस