aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा आज पनि १५३५ जना कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
उपत्यकामा आज पनि १५३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२९ जना महिला र ९०६ जना पुरुष गरि १५३५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ रहेको छ । संक्रमित मध्ये एक लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३३६ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८४७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस