aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

अमेरिकामा बल्ल रेमडेसिभिर औषधि चलाउन अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० कार्तिक २०७७
अमेरिकामा बल्ल रेमडेसिभिर औषधि चलाउन अनुमति

एजेन्सी । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले गत हप्ता रेमडेसिभिरलाई कोरोना उपचारमा औषधिको रूपमा स्विकृति दिएको छ । रेमाडेसिभिर औषधि भाइरस शरीरमा बढ्नबाट रोक्ने काम गर्छ ।  एफडीएले यो संक्रमणको उपचार गर्न अनुमोदन गरेको अब यो पहिलो औषधी हो ।

औषधिको प्रभावकारिताको बारेमा बहस भइरहेको छ । यो औषधि इबोलाको उपचारको लागि पनि प्रयोग गरिएको औषधि हो । जसको कोरोनासँग कुनै सरोकार थिएन । एफडीएको स्वीकृतिपछि पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई उसले यो रीमाडेसीभेरले कुनै पनि ज्यान बचाउन सहयोग गर्ने छैन । एफडीएले एन्टिवाइरल औषधिलाई अस्पतालमा भर्ती वयस्कहरू र ४० किलोग्रामभन्दा बढीको बच्चाहरूको उपचार गर्न अनुमोदन गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस