
काठमाडौं । गत २४ घण्टामा १७४१ कोरोना संक्रमण पुष्टि भएको छन । १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेका तथ्यांकले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।
यही अवधिमा ४ हजार ५ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस