aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

थप ५७० जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ कार्तिक २०७७
थप ५७० जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा ५७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५७० जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४ सय रहेको छ । संक्रमित मध्ये एक लाख १८ हजार ८४३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३१६८ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस