aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत

झापा । मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए।

मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि सोमबार साँझ  एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै  सिलिगुढी लगिएको परिवारले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस