aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनको मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए । 

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेश प्रसाईलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस