aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा आज पनि ८४३ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
उपत्यकामा आज पनि ८४३ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६९६ जना, ललितपुरका २९ जना र भक्तपुरका ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ रहेको छ । संक्रमित मध्ये एक लाख २१ हजार ८२४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

पछिल्लो २४ घण्टामा २९८१ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८८७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस