
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङको समय तालिका परिवर्तन गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने जानकारी दिएका हुन् ।
डा. गौतमले अब लाइभ प्रेस ब्रिफिङ साताको दुई दिन आइतबार र बुधबार अहिलेकै समयमा हुने बताए । अन्य दिन भने अपरान्ह साढे ४ बजे मन्त्रालयको वेबसाइट, भाइबर, ट्विटर र मोबाइल एपमा डाटा अपलोड गरिने गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस