aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

चिनियाँ खोप युएईका मन्त्रीहरुले लगाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
चिनियाँ खोप युएईका मन्त्रीहरुले लगाए

एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई)का एक मन्त्रीले चिनियाँ खोप लगाएका छन् । दुबईका सहिष्णुता मन्त्री शेख नाह्यान बिन मुबारक अल नाह्यानले बुधबार कोभिड १९ को खोप लागएका हुन । 

उक्त अवसरमा शेख नाह्यानले भने, ‘युएईले आफ्नो नेतृत्वको मार्गदर्शन र सहयोगले महामारीको क्रममा कोभिड १९ को प्रतिकृतिसँग कुशलतासाथ व्यवहार गर्ने क्षमताको प्रदर्शन गरेको छ ।’

उनले लगाएको कोविड १९ भ्याक्सिन चिनियाँ फार्मास्यूटिकल जायन्ट सिनोफर्मा चाइना नेशनल बायोटेक ग्रुपले उत्पादन गरेको हो । यो खोपका तेस्रो चरणको परीक्षणहरू जुलाईमा शुरू गरिएको थियो । युएईले सेप्टेम्बरमा फ्रन्टलाइनरहरूलाई यो खोपको प्रयोगको लागि आपतकालीन स्वीकृति प्रदान गरेको थियो । 

स्वास्थ्य मन्त्री अब्दुल्रहमान अल ओवैस, युएईका संस्कृति तथा ज्ञान विकास मन्त्री नूरा अल काबी र विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यानलगायत अन्य वरिष्ठ अधिकारीहरूले पनि कोभिड १९  खोप यहि महिनामा लगाइसकेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस