aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

लाईसेन्स, बिलबुक र पर्मिट हरायो अनलाईनबाटै सेवा लिनुहोस, सेवा लिनलाई यसो गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
लाईसेन्स, बिलबुक र पर्मिट हरायो अनलाईनबाटै सेवा लिनुहोस, सेवा लिनलाई यसो गर्नुहोस

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाईसेन्स, बिलबुक र पर्मिट हराएको सिफारिस हालसम्म २५०० जनालाई अनलाइनमार्फत सेवा प्रदान गरेको छ । 

सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई थप प्रविधिमैत्री बनाउन तथा कोभिड(१९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दैट्राफिक महाशाखालेअसोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस अनलाईनबाटै बनाउन मिल्ने बनाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको लाईसेन्स, बिलबुकर पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

उनले ट्राफिक कार्यालय गएर कोभिड १९ को यस महामारीको समयमा पनि भीडभाडमा लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिनुपर्ने दिनको अन्त्य भईसकोले सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिनहुन पनि विशेष अनुरोध गरेका छन ।

दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइन मार्फत १,३८४ जनाले लाईसेन्स, १०६९ जनाले बिलबुक र ४७ जनाले पर्मिटहराएको बारेमा निवेदन दर्ता गराएकोमा १,७१० जनालाई अनलाइनबाटै सिफारिस दिई सकेको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले दिए । उनले बाग्मति प्रदेश बाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, डब्बल निवेदन दिएका ७९० वटा निवेदन रिजेक्ट गरिएको पनि बताए ।

कसरी लिने त अनलाईन सेवा र
सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र लस्ट डकुमेन्टस एप्लिकेसन (Lost Document Application)मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो,त्यो सेलेक्ट गरेपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईलवा स्क्यान कपिसेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण सब्मिट (summit) वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन ।

यसको लागि सेवाग्राहीलेउक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

त्यस्तै, महाशाखाले हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था गरेको छ । यसकोलागि सवारी धनीले ट्राफिक प्रहरीको वेबसाइट (Lost Document Application) मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन (Lost Document Application)मा क्लिक गर्नुपर्ने हुन्छ ।त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस