aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

गण्डकीमा एक सय ५५ जना सङ्क्रमित थपिए, दुईको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
गण्डकीमा एक सय ५५ जना सङ्क्रमित थपिए, दुईको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

थप हुनेमा कास्कीका ९८, नवलपरासी९बर्दाघाट सुस्ता पूर्व०का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक÷एक जना छन् ।

गण्डकीमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मङ्गलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ । 

त्यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोटका ५४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मङ्गलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा  कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ  ।

प्रतिक्रिया दिनुहोस